सुवास गोतामे
काठमाडौं : राजधानीको सुन्धारास्थित पर्वत शिखर गेस्ट हाउसमा गत मंगलबार भएको एउटा हत्या प्रकरणमा थप शंका उब्जिएको छ। प्रारम्भिक अनुसन्धानमा रिसइबी साँध्न काभ्रे मंगलटारका मोहन रानामगरले काठमाडौं गल्फुटारकी बबिता गुरुङको हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरे पनि हत्या प्रकृति हेर्दा सामान्य अपराधीले त्यो खालको हत्या गर्न नसक्ने ठम्याइ प्रहरी अनुसन्धान अधिकृतको छ।
प्रेमिका बबितासँग विवाह गर्ने योजना विफल भएपछि रिसइबी साँध्ने योजनाअनुसार नै आफूले उनको हत्या गरेको बयान रानामगरले दिएका छन्। महानगरीय प्रहरी परिसर हनुमानढोकाले मोहन ‘पेसेवर हत्यारा’ हुन सक्ने आशंकाबाट थप अनुसन्धान थालेको छ। उनले देखाएको व्यवहारबाट अनुसन्धान गर्ने अधिकृत पनि आश्चर्यचकित भएका छन्।
बयान दिँदा पनि निडर र नहडबडाई सबै प्रश्नको जबाफ दिएका रानामगरको व्यवहारले उनी अन्य आपराधिक घटनामा पनि संलग्न भएको आशंका प्रहरीको छ। ‘रानामगरले एउटा पेसेवर अपराधीको जस्तो व्यवहार देखाएपछि हामीलाई थप अनुसन्धान गर्न प्रेरित गरेको छ’, परिसर प्रमुख सुबोध घिमिरेले भने, ‘गेस्ट हाउसमा नक्कली नाम र फोन नम्बर दिएर हिँड्नु, हत्याको तरिका, दुई घन्टामै योजना पूरा गरेर बाहिरिनु र प्रहरीलाई दिएको बयानका आधारमा रानामगरको अन्य घटनामा पनि संलग्नता छ कि भन्ने आशंका छ।’
घटनाबारे जानकारी दिन आइतबार हनुमानढोका परिसरमा गरिएको पत्रकार सम्मेलनमा पनि रानामगरले सञ्चारकर्मीसामु भने, ‘हामीबीच प्रेमसम्बन्ध थियो, विवाह गर्ने भनेका थियौं तर उनले धोका दिएपछि मैले योजनाअनुसार नै हत्या गरेको हुँ।’ २०६८ मा फेसबुकबाट परिचित गुरुङ र रानामगरबीच प्रत्यक्ष भेट भएपछि प्रेमसम्बन्ध झाँगिएको थियो।
गत वैशाखमा गुरुङले अर्कै केटासँग विवाह गरेपछि रानामगर आक्रोशित बनेको अनुसन्धानबाट खुलेको छ। रानामगरले गुरुङको हत्या गरेपछि उनले लगाएको सिक्री र हाते ब्याग लगेका थिए। ‘रानामगरले गुरुङको हत्यापछि सिक्री लगेको र र शव बाथरुममा राखेर भागेका कारण थप शंका उब्जिएको हो। यस्तो व्यवहार पेसेवर अपराधीले मात्रै गर्छन्’, एसएसपी घिमिरेले भने, ‘हामीले यसअघि राजधानीमा भएका हत्या एवं अन्य आपराधिक गतिविधिका अभिलेख पनि केलाउँदैछौं।
अन्य अघटनामा रानामगरको संलग्नता पाइए थप कारबाही हुन्छ।’ गुरुङको घरको टेलिफोन लाइनको कलडिटेल निकालेपछि मात्रै लामो समयसम्म उनीहरूबीच कुराकानी भएको र फेसबुक एकाउन्टबाट केटाको हुलिया खुलेपछि प्रहरीले रानामगरलाई साउन २४ गते संकटाबाट पक्राउ गरेको थियो। प्रहरीले रानामगरविरुद्ध काठमाडौं जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि सात दिनको थुना अनुमति लिएको छ।

No comments:
Post a Comment