किर्ते गरेर अर्काको जग्गा बेच्न खोज्ने पक्राउ
सुवास गोतामे
ललितपुर : बेलायतमा रहेका एक जग्गाधनीलाई आफ्नो पति दाबी गर्दै उसलाई मृत घोषणा गरेर मालपोतमा जग्गा नामसारीका लागि किर्ते गर्ने धरान सुनसरीकी सीता राईलाई प्रहरीले सोमबार पक्राउ गरेको छ। ललितपुरस्थित मालपोत कार्यालयमा सोमबार अरू जग्गा नामासारी गरी विक्रिका लागि निवेदन दिएको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा धरानकी सितासँग उनकी सहयोगी उर्मिला अधिकरी पनि छन्। सीताले बेलायतमा रहेका ललितपुर इमाडोलका नन्दकुमार राईको जग्गा आफ्नो कब्जामा लिनका लागि किर्तेको एउटा कहालीलाग्दो प्रपञ्च नै रचेकी छन्। पहिले उनले किर्ते नागरिकता तयार गरेर त्यसमा आफ्ना पतिको नाम पनि नन्दकुमार राई राखिन्। अनि त्यही किर्ते नागरिताका आधारमा बेलायतमा रहेका नन्दकुमारलाई आफ्तो पति बनाइन् र उनी मरिसकेको भन्दै जग्गा नामसारीका लागि मालपोतमा किर्ते कागजातसहित निवेदन दिइन्।
जग्गा धनी भएको दाबी गर्दै नागरिकतामामा उल्लेख पतिको नाम र सक्कली जग्गा धनीको नाम एउटै भएपछि त्यसको फाईदा उठाउँदै जग्गा विक्रि गर्ने प्रपञ्च रचेर किर्ते कागजात तयार गरेकी थिइन्। जिल्ला प्रशासन कार्यालय काडमाडौंबाट जारी गरिएको सीताको नागरिकतामा पतिको नाम नन्दकुमार राई र बेचबिखनका लागि तयार गरिएको ललितपुर इमाडोल स्थित कित्ता नम्बर १४९ र १५० का जग्गा धनीको नाम पनि नन्दकुमार राई नै छ। सीताले पति मरेको भनिए पनि जग्गा धनी नन्दकुमार भने बेलायतमा रहेको पाइएपछि प्रहरी र मालपोतका अधिकृतले सीताको जालसाँजीलाई ठम्याउन सफल भएका थिए।
महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता डिएसपी रामदत्त जोशीका एउटै नामको फाइदा उठाएर जालसाँजी गरी जग्गा विक्रि गर्न खोजेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। नन्दकुमार बेलायतमा रहे पनि ईमाडोलमै रहेका उनका आफन्तमार्फत प्रहरीले बुझ्दा सीता जग्गा धनी नन्दकुमारकी पत्नी नरहेको पाइयो। ‘घटनाको प्रारम्भीक अनुसन्धान अनुसार सीताले नक्कली नागरिकताका आधारमा जग्गा हडप्न खोजेको थिइन्, थप अनुसन्धान हुन्छ, डिएसपी रामदत्तले भने।
प्रहरीले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी भएको सीताको नागरिकताका सम्बन्धमा समेत अनुसन्धान सुरू गरेको छ। प्रहरीले थप अनुसन्धानका लागि सीताले नम्कली नागरिकता बनाएको र किर्ते काममा सहयोगी भुमिका खेल्ने उर्मिला विरूद्ध जिल्ला अदालत ललितपुरमा नागरिकता किर्ते अभियोग मुद्दा दायर गरेको छ।

No comments:
Post a Comment