‘विश्वक्रान्ति’ को जेलबाटै चलखेल
सुवास गोतामे
काठमाडौं : राजधानीको बबरमहलस्थित आयल निगमअगाडि तीनजनाको मृत्यु हुनेगरी भएको बम विस्फोटका मुख्य योजनाकार संयुक्त जातीय मुक्तिमोर्चाका संयोजक विश्वक्रान्ति भनिने देपराज तामाङ जेलभित्रबाटै आफ्ना कार्यकर्ता परिचालन गरी चन्दा उठाउन सक्रिय रहेको तथ्य फेलापरेको छ। २०६८ साल फागुन १५ गते निगमअगाडि विस्फोट गराइएको थियो। तामाङ अहिले केन्द्रीय कारागार सुन्धारामा छन्।
तामाङले जेलभित्रबाट परिचालन गरेका पाँचजनालाई प्रहरीले विस्फोटक पदार्थ, चन्दा रसिद, दस्तावेज रसिद तथा तीनवटा उद्योगमा पाँच लाखका दरले चन्दा माग्न तयार गरेको पत्रसहित बिहीबार राति ९ बजे बौद्ध र बालाजुबाट नियन्त्रणमा लिएको छ।
महानगरीय प्रहरी अपराध महाशाखामा शुक्रबार आयोजित पत्रकारसम्मेलनमा पक्राउ परेका पाँचजना र बरामद सामग्री सार्वजनिक गरियो। पक्राउ पर्नेमा मोर्चाका पूर्वसंगठन प्रमुख तथा संघीय ताम्सालिङ राज्य समितिमा आबद्ध उदयपुर बसाहाका क्रान्ति भनिने वीरेन्द्रकुमार तामाङ, मोर्चाकै केन्द्रीय सदस्य तथा दस्ता विभाग प्रमुख उदयपुर भलायडाँडाका अग्नि भनिने सनबहादुर परियार, प्रचार विभाग हेर्ने रामेछाप गुम्देलका टीएमडी भनिने निमा शेर्पा, मोर्चाकै सदस्य बारा निजगढका सन्तोष माझी र माओवादीका पूर्वलडाकु र हाल मोर्चामै आबद्ध प्रसिद्ध भनिने भानी नाथ छन्। पक्राउमध्ये तामाङ २०६६ भदौमा अवैध चन्दा उठाएको प्रमाणसहित पक्राउ परी २० हजार धरौटीमा छुटेका थिए। शेर्पाले रविन साहका नाममा संयुक्त आवाज मासिक पत्रिका दर्ता गरी आफैंले तीन महिनादेखि प्रकाशन गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
देपराजले गत वैशाख २९ गतेको मितिमा मोर्चाका पदाधिकारीलाई लेखेको हस्तलिखित पत्रसमेत प्रहरीले बरामद गरेको छ। उक्त पत्रमा उल्लेख छ, ‘चुनाव गराउन निश्चित भएमा सरकारले हाम्रो मोर्चासँग वार्ता गर्न बोलाउन सक्छ। त्यो अवस्थामा हामीलाई जेलबाट छुटाउन सक्छन्। त्यसो भएन भने सक्रिय भएर लाग्नुपर्छ।’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारी भन्छिन्, ‘जेलमा रहेर पनि देपराज चन्दा असुलीमा सक्रिय रहेको पाइयो। उसले कसको माध्यमबाट पत्र पठाएको हो, अनुसन्धान गर्छौं।’
प्रहरीले पक्राउ परेकाबाट बम बनाउन प्रयोग गरिने आधा केजी गन पाउडर, दुईवटा डेटोनेटर, नौ इन्च लम्बाइका जीआई पाइपहरू, मोर्चाका दस्तावेजको अभिलेख राखिएका तीन वटा पेनड्राइभ, आठवटा मोबाइल फोन, पर्चा, रसिद र रबर स्ट्याम्पसमेत बरामद गरेको छ। महाशाखाका प्रमुख एसएसपी विजयलाल कायस्थका अनुसार यो समूहले तीनचुले आरुबारीस्थित सामलिक स्पोट गलैंचा कारखानामा अनिवार्य रूपमा सहयोगका लागि भन्दै पाँच लाख रुपैयाँ मागेको र नदिएपछि विस्फोट गराउने तयारी गरेको अनुसन्धानबाट खुलेको छ। त्यस्तै बौद्धस्थित स्तुपा कार्पेट उद्योग र श्री हिमाली अष्ट कार्पेट उद्योगका नाममा पाँच लाख चन्दा माग्न गत साउन १ गतेको मितिमा लेखिएको पत्रसमेत प्रहरीले बरामद गरेको छ।
प्रहरीले यो घटनालाई संविधानसभा निर्वाचनको सुरक्षा चुनौतीका रुपमा पनि लिएको छ।

No comments:
Post a Comment