Saturday, August 2, 2014

ललितपुरमा बिहान गोली चलेपछि प्रहरी प्रमुख सरूवा

काठमाडौं : ललितपुरको धापाखेलमा शनिबार बिहान नेपाली कांग्रेस ललितपुर महासमिति सदस्य मीनकृष्ण महर्जनमाथि भएको गोलीप्रहारको घटनापछि प्रहरी प्रधान कार्यालयले ललितपुर प्रहरी प्रमुख एसएसपी रमेशकुमार भट्टराईको सरूवा गरेको छ।
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले शुक्रबार राति महानगरीय प्रहरी आयुक्त कार्यालय रानी पोखरीमा सुरक्षा सेवा चुस्त दुरूस्त राख्न निर्देशन दिएको २४ घण्टा नबित्दै महर्जनमाथि भएको गोली प्रहारको घटनाको निहुँमा मुख्यालयले भट्टराईको सरूवा गरेको हो।
प्रहरी प्रवक्ता एसएसपी गणेश केसीले भट्टराईको सरूवा भएको पुष्टि गर्दै उनको ठाउँमा कसलाई पठाउने भन्नेबारे साँझसम्म निर्णय हुने जानकारी दिए। 
प्रहरी नियमावलीअनुसार एसएसपीदेखि माथिको सरूवा मन्त्रीपरिषदको निर्णयबाट हुने प्रावधान छ। काज सरूवा भने प्रहरी महानिरीक्षकको अग्राधिकार भित्र पर्छ। आजको घटनापछि भट्टराईको काज सरूवा गरिएको हो। उनलाई सरूवा गरेर कहाँ पठाउने भन्ने निर्णय भने भइसकेको छैन।
    - See more at: http://annapurnapost.com/en/news/social/2718/

No comments: