Saturday, August 2, 2014

युनुसद्वारा प्रहरीलाई चार करोड प्रस्ताव

नक्कली नोट (माथि)र पक्राउ परेका बायाँबाट क्रमश: युनुश अन्सारी, सोहेल खान, दिनेश आले र मसुद आलम (तस्बीर: नेपाल प्रहरी)
नक्कली नोट (माथि)र पक्राउ परेका बायाँबाट क्रमश: युनुश अन्सारी, सोहेल खान, दिनेश आले र मसुद आलम (तस्बीर: नेपाल प्रहरी)
काठमाडौं : नक्कली भारतीय रुपैयाँ कारोबारमा संलग्न युनुस अन्सारीले आफूलाई पक्राउ नगर्न प्रहरीलाई चार करोड रुपैयाँको प्रस्ताव गरेको खुलासा भएको छ। स्रोतका अनुसार युनुसलाई पक्राउ गर्न नखिपोटस्थित घरमा पुगेको प्रहरी टोलीसमक्ष उनले यस्तो प्रस्ताव गरेका हुन्।
प्रहरी मुख्यालयको विशेष ब्यूरो र प्रहरी परिसर ललितपुरका प्रहरीलाई कोठाभित्रै राखेर युनुसुले सम्झाउने प्रयास गरेका थिए। परिसरबाट डीएसपी सोमेन्द्रसिंह राठोर र विशेष ब्यूरोबाट पाँच जना प्रहरी निरीक्षक उनलाई पक्राउ गर्न खटिएका थिए। शनिबार बरामद भएको ३५ लाख नक्कली भारु अन्सारीलाई दिन ल्याएको बयान पक्राउ परेका अभियुक्तले प्रहरीसमक्ष दिएका थिए।
बरामद नक्कली भारु पाकिस्तान एयरलाइन्सका कर्मचारीलाई प्रयोग गरेर नेपाल ल्याइएको खुलेको छ। प्रहरीले ३५ लाख नक्कली भारूसहित शुक्रबार पक्राउ परेका पाकिस्तान कराँचीका मसुद आलम पाकिस्तान एयरलाईन्समा सरसरफाई कर्मचारी हुन्। आलमले प्रहरीलाई दिएको जानकारीका आधारमा युनुस प्रहरीले युनुस अन्सारीलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ।
पाकिस्तान एयरलाईन्सको पिके २६८ नम्बरको उडानबाट बिहीबार काठमाडौं आएका आलमले शरीरमा कपडाले बेरेर (बडीक्यारी) नक्कली भारू ल्याएका थिए। प्रहरीले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा एसएसपी सुबोध घिमिरेले जाली नोट कारोबारीले एयरलाईन्सकै परिचय पत्र बोक्ने व्यक्ति प्रयोग गर्दा शंका नहुने अनुमानका आधारमा आलम प्रयोग गरेको बताए।
विशेष सूचनाका आधारमा प्रहरीले विएस १७५४६४१ नम्बरको राहदानी बाहक आलमलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाटै पिछा गरेको थियो। ठमेलको पोताला गेष्ट हाउसको कोठा नम्बर १०४ मा आलम वसेको थाहापाएपछि प्रहरीले नोट लिन आउने व्यक्तिलाईसमेत पक्राउ गर्ने योजना बनाएको थियो। योजना अनुसार १० गते शुक्रबार सीतापाईलाका दिनेश आले नक्कली भारू बुझ्न आएपछि दुवै पक्राउ परेका थिए।
आलम र आलेले नोट युनुस अन्सारीलाई बुझाउने तयारी भएको बताएपछि शनिबार उनी पक्राउ परेका थिए। अन्सारीसँगै आफ्ना सालो सोहेल खानसमेत पक्राउ परेका छन्। रौतहट धमौलिबैरिया घर भएका खान अन्सारीलाई नक्कली नोटको कारोबारमा सघाउदै आएको जानकारी प्रहरीले दिएको छ।
घिमिरेका अनुसार आलम र आले पक्राउ परेपछि नक्कली भारू भारत लैजान आएका एक व्यक्ति भने फरार छन्। आले यस अघि २०६० असारमा लागू औषध कारोबारमा पक्राउ परेपछि नौ वर्ष जेलसजाय भुक्तान गरेर २०६९ असार २८ गते छुटेका अभियुक्त हुन्।
उनले अन्सारीकै निर्देशनमा यस अघि गत पुस २५ गते बागबजार स्थित होटल हिमशिखरबाट पाकिस्तानी नागरिक बाबेर अलीबाट २८ लाख नक्कली भारू बुझेको जानकारी पनि प्रहरीले पाएको छ। आलेले ती नोट सीतापाईला स्थित आफ्नो भट्टिपसल पुर्‍याएर त्यहाँ आएका अन्सारीका साला खानलाई दिएको प्रहरीसँग बताएका छन्। अन्सारी र आलेको भेट केन्द्रीय कारागारमै भएको थियो।
आलेले आफूले नक्कली भारू बुझेर जिम्मा लगाएबापत १५ हजार रूपैंया पाउने बताएका थिए। अन्सारीका सालो सोहेल खानले भने ०५७६७१३३ नम्बरको नेपाली र ६२६८८१९ नम्बरको भारतीय राहदानी प्रयोग गरिरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार अन्सारीले भने जेलबाट छुटेपछि पाकिस्तानी नागरिक सेरा भन्ने अस्लम चौधरीसँग फोनमा कुरागरी नक्कली भारू पठाउने सल्लाह अनुसार अस्लम ३५ लाख नक्कली भारु लिएर आएका हुन्। ' पटकपटकको घटनाक्रममले नेपाललाई ट्रान्जिट प्वाईन्ट बनाएर नक्कली भारू कारोबारी गर्ने गिरेहका अन्सारी ठूला कारोबारी भएको निश्कर्ष प्रहरीको छ।' एसएसपी घिमिरेले भने। 'अन्सारी नक्कली भारू कारोबारीका नेपाल स्थित भरपर्दा एजेण्ट हुन्।' अनुसन्धानमा संलग्न प्रहरीले अधिकारीले भने। उनी जेलमा वस्दा समेत नक्कली भारूको कारोबार गर्थे।
पत्रकार सम्मेलनमा प्रहरीले सार्वजनिक गर्दा अन्सारीको अनुहारमा कुनै पश्चाताप देखिदैनथ्यो। उनले आफूलाई 'दक्षिण' ले फसाएको बताए। अन्सारी पक्राउ परेपछि उनकी पत्नि सल्मा अन्सारीले पनि आइतबार पत्रकार सम्मेलन गरी पक्राउ पूर्जी विना प्रहरीले घर खानतलासी गरेर पक्राउ गरेको बताएकी थिइन्। उनले श्रीमानलाई पटक पटक धम्की आइरहेको बताउदै जीवन रक्षाका लागि पहल गर्न मानवअधिकारकर्मी र सरकारसँग माग गरेकी छन्।
- See more at: http://annapurnapost.com/en/news/social/3085/%E0%A4%AF%E0%A5%81%E0%A4%A8%E0%A5%81%E0%A4%B8%E0%A4%A6%E0%A5%8D%E0%A4%B5%E0%A4%BE%E0%A4%B0%E0%A4%BE-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%B9%E0%A4%B0%E0%A5%80%E0%A4%B2%E0%A4%BE%E0%A4%88-%E0%A4%9A%E0%A4%BE%E0%A4%B0-%E0%A4%95%E0%A4%B0%E0%A5%8B%E0%A4%A1-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%B8%E0%A5%8D%E0%A4%A4%E0%A4%BE%E0%A4%B5.htm#sthash.QtJmiWmg.dpuf

No comments: